एनआरटीकाे जित
नेपालखोज
२०८० जेठ २४ गते २०:५०

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले जित निकालेको छ । च्यासल मैदानमा आज एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
एनआरटीको जितमा दिपेश आले मगरले निर्णायक गोल गरे । दिपेशले खेलको १७औं मिनेटमा गोल गरे । एनआरटीको यो आठौं जित हो । जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । मनाङले २५ खेलमा ३२ अंक जोडेको छ ।
सम्बन्धित
प्रतिक्रिया