कालिकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु

मान्म । कालिकोटको शुभ कालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिप कालिकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभ कालिकातर्फ जाँदै गर्दा शुभ कालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
दुर्घटनामा परेर जिप चालक शुभ कालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभ कालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । ‘घटना मध्य राति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन’, प्रहरी प्रमुख रिमालले भने, ‘जिपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन ।’
प्रतिक्रिया