सोमबार, जेठ ६, २०८२

कतार पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

नेपालखोज २०८० असार ३ गते २०:५१

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा रहेका छन् ।

निजले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु र त्यहाँ आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा काठमाडौंको बौद्धबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया