मरुभूमीकरण र खडेरी : संसारको अर्को ठूलो चुनौती

मरुभूमीकरण भूमि क्षयको एउटा यस्तो प्रक्रिया हो जसमा जलवायु परिवर्तन र मानव गतिविधि लगायतका धेरै कारण जिम्मेवार छ । सुक्खा, अर्ध-सुक्खा र जलविहीन अर्ध आर्द्र क्षेत्रको जमिन मरुभूमिमा परिणत हुन्छ ।त्यसैले जमिनको उत्पादन क्षमतामा कमि आइरहेको छ वा ह्रास भैरहेको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले विश्वले हरेक वर्ष २४ अर्ब टन उर्वर भूमि गुमाउने चेतावनी दिएका छन् ।
उनले जमिनको गुणस्तर कमजोर भएकाले राष्ट्रिय स्वदेशी उत्पादन प्रत्येक वर्ष ८ प्रतिशतसम्म घट्ने बताए । भूमि क्षय र यसका साइड इफेक्टले मानवतामा देखापरेको जलवायु संकटलाई अझ गहिरो बनाउने अनुमाज छ।
मरुभूमिकरणको चुनौती
मरुभूमिकरण, भूमि क्षय र खडेरी विश्वभरका लाखौं मानिसलाई विशेष गरी महिला तथा बालबालिकालाई असर गर्ने प्रमुख खतरा हो । यस्तो प्रवृत्तिलाई ‘तत्काल’ उल्टाउन आवश्यक छ किनभने यसले जबरजस्ती विस्थापन , खाद्य असुरक्षा बढाउन तथा आर्थिक वृद्धि रोक्न सक्छ । यसले ‘ग्लोबल क्लाइमेट इमर्जेन्सी’लाई पनि सम्बोधन गर्न सक्छ ।
२५ वर्षअघि मरुभूमिकरणको चुनौतीसँग लड्न अन्तर्राष्ट्रिय प्रयासस्वरुप मरुभूमिकरण बिरुद्धको दिवस सुरु गरिएको थियो । जनचेतना जगाउने उद्देश्यले सुरु भएको यो दिवस हरेक वर्ष जुन १७ मा मनाइन्छ ।
मरुभूमिकरणविरुद्ध लड्न संयुक्त राष्ट्र महासन्धि एक मात्र कानुनी रूपमा बाध्यकारी अन्तर्राष्ट्रिय सम्झौता हो जसले वातावरण र विकासलाई दिगो भूमि व्यवस्थापनसँग जोड्दछ । यो विश्व दिवस तीन मुख्य मुद्दामा केन्द्रित छस् खडेरी, मानव सुरक्षा र जलवायु । संयुक्त राष्ट्र संघको अनुमान अनुसार सन् २०२५ सम्ममा विश्वको दुई तिहाइ जनसंख्या पानीको संकटमा बाँच्न बाध्य हुनेछ ।
पानीको माग र आपूर्तिबीच ठूलो खाडल हुने दिन पनि चाडैं आउँदैछ । मरुभूमिकरणको परिणाम स्वरूप, विस्थापन बढ्ने सम्भावना छ र २०४५ सम्म १३० मिलियन भन्दा बढी मानिसले आफ्नो थाकथलो (घर) छोड्नु पर्ने हुन सक्छ । अहिले मरुभूमिकरण र खडेरीको बढ्दो मात्रालाई ध्यानमा राख्दै यसका विरुद्ध लड्न विश्व स्तरमा चेतना फैलाउनुपर्ने आवश्यकता महसुस भएको छ ।
सन् १९९४ मा संयुक्त राष्ट्र संघको महासभामा मरुभूमिकरण रोक्ने प्रस्ताव राखिएको थियो, जुन सन् १९९६ डिसेम्बरमा स्वीकृत भएको थियो । त्यसपछि सन् १९९५ देखि मरुभूमिकरणविरुद्ध लड्न यो दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया