आइतबार, जेठ ५, २०८२

दश दिनको भाले गैँडाको उद्धार

नेपालखोज २०८० असार ५ गते १०:१६

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको दश दिनको भाले गैँडाको बच्चा (केटो) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । आमासँग छुट्टिएर बसेको अवस्थामा यही असार १ गते उद्धार गरी ल्याइएको उनले जानकारी दिए ।

यस आर्थिक वर्षमा यससहित दुई गैँडाको बच्चाको उद्धार गरिएको छ । बाटुली पोखरी क्षेत्रबाट एक वर्षको भाले बच्चालाई उद्धार गरी कोषमै राखिएको छ ।

यसअघि उद्धार गरी हुर्काइएका पुष्पा र अञ्जली नामका दुई गैँडालाई गत जेठ ३१ गते निकुञ्जको लामितालमा लगेर छाडिएको छ ।

प्रतिक्रिया