आइतबार, जेठ ५, २०८२

प्रेम चलाउनेको समर्थनमा प्राध्यापकहरूकाे प्रदर्शन

नेपालखोज २०८० असार ५ गते १४:०९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको समर्थन गर्दै प्राध्यापकहरूले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।

चलाउनेमाथि सांघातिक हमला गर्नेहरूलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै मंगलबार उनीहरूले प्रदर्शन गरेका हुन् ।

उपकुलपति कार्यालयअगाडि अनशन सुरु गरेका चलाउनेप्रति समर्थन जनाउँदै प्रगतिशील प्राध्यापक संगठनको अगुवाइमा प्रदर्शन गरिएको हो ।

चलाउनेमाथि आक्रमण गर्नेहरूविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहे पनि सरकारले फिर्ता लिन खोजेको प्राध्यापकहरूको भनाइ छ ।

यसअघि, सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको भन्दै सोमबार काठमाडौं जिल्ला अदालत पुगेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टापछि छाडेको थियो । त्यसपछि उनी कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा अनशनमा बसेका थिए ।

चलाउनेमाथि सांघातिक आक्रमण गरेर घाइते बनाएको नेविसंघका कार्यकर्तामाथि आरोप छ । आक्रमणपछि चलाउने अदालत गएका थिए ।

प्रतिक्रिया