नेपालखोज दिनभर : खबर सारांश
चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, जनही ४ अर्बभन्दा बढी जरिवाना ।
गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको मृत्यु ।
सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति २ लाख राहत दिने ।
धुर्मुस–सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय ।
नयाँ स्टक ब्रोकेरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन ।
ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत तीन कर्मचारीलाई चार लाख घुस रकमसहित पक्राउ ।
स्रोत नखुलेको ३३ लाख ५० हजारसहित एक व्यक्ति काठमाडौंबाट पक्राउ ।
पूर्वी चितवनको रत्ननगरमा ३३ तोला ५० लाल सुनसहित नगद चोरी ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग असार ८ गते प्रत्यक्ष प्रश्नोत्तर हुने ।
पोखरामा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै ।
काठमाडौं महानगरका ५०४ मध्ये ४६५ निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाए, १३ हजार विद्यार्थी लाभान्वित ।
राष्ट्रपतिको शरीरमा पेसमेकर राखियो ।
हवाई इन्धनको मूल्य घट्यो ।
२६ अंकले घट्दा चार अर्ब ११ करोडको सेयर किनबेच ।
आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपालको सहज जित ।
काभा भलिबलमा नेपालको लगातार तेस्रो हार ।
प्रतिक्रिया