सर्वोच्चको अन्तरिम आदेशपछि चलाउनेले तोडे अनशन
नेपालखोज
२०८० असार ८ गते १४:४७

काठमाडौं । आफूमाथि भएको कुटपिटमा संलग्नको मुद्धा फिर्ता लिने सरकारको निर्णयको विरोधमा अनसनरत उपप्राध्यापक प्रेम चलाउनेले अनसन तोडेका छन् । उनी ५ दिनदेखि अनसनमा थिए ।
सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार अनशन तोडेका हुन्।
२० असोज ०७७ मा चलाउनेमाथि विद्यार्थी नेताहरू योगेन्द्र रावल, हरि आचार्यलगायतले योजनाबद्ध आक्रमण गरेको विषयमा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा चलिरहेको छ । तर, सरकारले चलाउनेको पक्षबाट मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने सर्वोच्च पुगेका थिए।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएसँगै चलाउनेले अनशन तोडेका हुन्।
सम्बन्धित
प्रतिक्रिया