सिन्धुलीमा बाढीपहिराेबाट ३१ घरमा क्षति
नेपालखोज
२०८० असार ९ गते १२:५४

कमलामाई । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराेबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।
आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढीपहिराेबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए ।
लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन् ।
‘बाढीपहिराले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ ।
क्षतिको विवरण संकलन गरिरहेका छौँ’, वडाध्यक्ष कार्कीले भने– ‘रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन् ।’
सम्बन्धित
प्रतिक्रिया