बारामा जन्मसिद्धका आधारमा नागरिकता लिनेको भीड बढ्यो

सर्वोच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएपछि अहिले बारा, पर्सासहित तराईका जिल्लाहरूमा नागरिकता लिनेको भीड बढेको छ।
नयाँ नागरिकतासम्बन्धी ऐन लागू भ एपछि आइतबारदेखि जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण कार्य सुरु गरेका छन्। बाराको कलैयामा रहेको जिल्ला प्रशासन कार्यालयमा पनि नागरिकता लिनेको भीड लागेको छ।
जन्मसिद्धका आधारमा नागरिकता लिनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराले जन्मसिद्धका सन्तानलाई अनलाइन टोकन प्रणालीबाट सेवा दिन सुरु गरेको छ। आइतबार ५० जनाले टोकन दर्ता गराए पनि ५ जना मात्र नागरिकता लिन आएको जिल्ला प्रसशान कार्यालय बाराले जनाएको छ। सोमबार भने बाराबाट ३१ जना जन्मसिद्धका छोराछोरीले नागरिकता लिएका छन्।
नागरिकता ऐन प्रमाणीकरणविरुद्ध परेकोमुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश गरेको थियो। सोही आदेशपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी संशोधन गर्न बनेको विधेयक सक्रिय भएको हो ।
देशभरकै ७७ जिल्लामा नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण भइरहेको छ। नागरिकतासम्बन्धी कानुन अभावका कारणले यसअघि जन्मका आधारमा नागरिकता लिएका बाबुआमाबाट जन्मिएका लाखौँ छोराछोरी नागरिकता लिनबाट वञ्चित भएका थिए। – INS
प्रतिक्रिया