आगलागी हुँदा २४ लाखको क्षति
नेपालखोज
२०८० असार १६ गते १५:५५

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत (बटुम)को एक घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ ।
स्थानीय जसवीर शाहीको घरमा आज बिहान बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घरको तेस्रो र दोस्रो तलामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
घरको तेस्रो र दोस्रो तलामा पूर्णरुपमा क्षति पुर्याए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमला भट्टराईले बताए ।
‘घरमा आगलागी हुँदा शाहीको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएका गरगहना तथा अन्नपात, काठलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएका छन्’, उनले भने ।
सिमकोट–७ मा रहेको धारापोरी प्रहरी चौकीका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया