मंगलबार, वैशाख ३०, २०८२

दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

नेपालखोज २०८० असार १६ गते २०:१७

तुलसीपुर । दाङमा एक घरधनीले दलित भन्दै कोठाबाट निकालेपछि ती घरधनीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घोराही उपमहानगरपालिका–१७ का घरधनी ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पोखरेलको घरमा बस्दै आएका अछामको पञ्चलदेवल विनायक नगरपालिका–७, पुल्तोलाका महेन्द्र विक र हुम्लाको अदानचुली गाउँपालिका–३ का अंगराज नेपालीलाई घर निकाला गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ घरधनीले त्यस्तो व्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ ।

घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार संघ दाङलगायत विभिन्न संघ–संस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै, दोषीमाथि कारबाहीको माग गरेका छन् । rss

प्रतिक्रिया