साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।
१, याे हप्ता सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क व्यवस्था गरिएकाे छ। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
२, बालुवाटारस्थित सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा पक्राउ परेकालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
३, प्रतिनिधिसभाबाट बजेट बहुमतबाट पारित भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
४, रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
५, जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च भराउन आदेश दिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
६, १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
७, असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेकाे छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
८, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
९, कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
१०, काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
११, यो साता नेप्से २१ सय ५० दशमलव ९९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय दुई दशमलव ७५ अंकमा सिमित हुन पुगेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया