सोमबार, वैशाख २९, २०८२

मरुभूमि करण गर्ने नीति चाहिँदैन–२६ औँ परिषद् बैठक पर्सामा

नेपालखोज २०८० असार १८ गते १२:५०

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको १५६ औँ केन्द्रिय कार्यसमिति बैठक २०८० असार १६–१७ गते काठमाण्डौमा सम्पन्न भएको छ ।

बैठक पूर्व असार १६ गते शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले संक्रमणकालीन न्याय प्रक्रिया, ठूला भ्रष्टाचारका घटनामा मूल दोषीहरुलाई कारबाही नहुँदा नागरिकहरुमा बढ्दो आक्रोश र सरकार, सदन र सडकको अवस्थाबारे प्रकाश पारेका थिए ।

असार १६ गते नै संस्थापक सभापति पहाडीले वी.पी संग्राहलय सुन्दरीजल र राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा वृक्षारोपण गरेका थिए ।

केन्द्रीय कार्यसमिति बैठकले ‘चुरे ध्वंस्त पार्न पाइँदैन : मरुभूमिकरण गर्ने नीति चाहिँदैन’ भन्ने मूल आह्वानसहित पर्सामा हुने समाजको २६ औँ राष्ट्रिय परिषद् बैठकको मूल नारा तय गरेको छ ।

एक दर्जन निर्णय गर्दै सम्पन्न बैठकमा समाजका का.वा. सभापति कृष्णबहादुर रावलले अभियान सम्बन्धमा, महासचिव रेनुका पौडेलले संगठन र कोषाध्यक्ष किरण ढकालले अर्थ सम्बन्धमा प्रारुप पत्र प्रस्तुत गरेका थिए ।

बैठकले शान्ति समाज केन्द्रीय कार्यालयमा कार्यरत कार्यक्रम अधिकृत सरिता पौडेललाई उपनिर्देशकमा र जनकप्रसाद भण्डारीलाई कार्यक्रम सहायकमा पदोन्नती गर्ने निर्णय गरेको छ ।

शान्ति समाज काठमाडौं शाखाको आतिथेयमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा का.वा.सभापति कृष्ण बहादुर रावल, सल्लाहकार उत्तम पुडासैनी, पुर्व सभापति होमकान्त चौलागाई, उपसभापति पुष्पा मल्ल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी, चन्द्रमणी बन्जारा, प्रकाश शाही, सन्तोष रौनियार, कोषाध्यक्ष किरण ढकाल, सदस्यहरु नम्रता खरेल, निर्मला गुरुङ, प्रतिमा महतो, ज्ञानेन्द्र निरौला, ज्योती बाल्मिकी, डी.पि.खनाल, बिनोद अधिकारी, दिल्लीप्रसाद जैसी, दिवाकर पुडासैनीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया