सोमबार, वैशाख २९, २०८२

पाँचवटा प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना

नेपालखोज २०८० असार १९ गते ६:२०

काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाउकाे छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै कोसी र गण्डकी प्रदेशको एक/दुई स्थानमा  मेघरगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  तथा कोसी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको  समेत सम्भावना रहेको साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको  विभागले जनाएको छ ।

प्रतिक्रिया