मंगलबार, वैशाख १८, २०८१

डेपुटी गभर्नर शिवराज श्रेष्ठको अनियमिततामा छानवीन श्रीराम पौडलको अध्यक्षतमा समिति गठन

नेपालखोज २०७६ कार्तिक १८ गते ९:४९

१८ कार्तिक, काठमाडौं । अनियमितताको आरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न एक समिति गठन भएको छ । सोमबार बिहानै बसेको बैठकले उनि माथि अध्ययन गर्नका लागि सञ्चालक श्रीराम पौडेलको अध्यक्षतामा ३ सदस्यिय समिति गठन भएको छ ।
आइतबार बेलुका बसेको बैठकमा अर्थ मन्त्रालयबाट पत्र नआएपछि उनको विषयमा छलफल हुन सकेको थिएन । त्यसैले राष्ट्र बैंकले फेरी सोमबार बिहानै सञ्चालक समितिको बैठक बोलाएको थियो । मन्त्रीपरिषद्ले उनिमाथि छानविन गर्ने निर्णय गरेको थियो ।
बैंकको खराब कर्जा लुकाउन लुकाउनका सघाउदै आएको उनि माथि आरोप छ ।त्यसैगरि सर्वोच्चमा मुद्दा परेको एनसेललाई लाभांस लिन सघाएको र बैंकबाट रकम निकाल्न व्यापारी अजेयराज सुमार्गीलाई सघाएको सरकारको आशंका छ ।

प्रतिक्रिया