सोमबार, वैशाख २९, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार २६ गते २३:००

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु ।

हेलिकोप्टर दुर्घटनाको अध्ययनका लागि छानबिन समिति बनाइने ।

ललितानिवास प्रकरणमा भूमि व्यवस्था विभागका पूर्व महानिर्देशकसहित ३ जना पक्राउ ।

भारतमा पहिरो परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन ।

महाकाली नदीको सतह बढेपछि स्थानीयवासी त्रसित ।

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने सरकारको निर्णय ।

सर्वोच्चले दिएन बालेनलाई वारिस राख्ने सुविधा, अब हरेक पटक अदालत धाउनु पर्ने ।

विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति ।

मेडिकल व्यवसायीलाई हत्या गर्ने धम्की दिई फिरौती माग गर्ने पक्राउ ।

मौसममा सुधार हुन अझै केही दिन लाग्ने ।

कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन ।

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित ।

सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु ।

काठमाडौं महानगरको नगरसभामा तीन विधेयक पेश ।

नेपालको ओडिआई वरियता घट्यो ।

प्रधानमन्त्री कप भलिबलमा एपिएफ विजयी ।

प्रतिक्रिया