अन्टार्कटिकामा समुद्री बरफ न्यून स्तरमा

अन्टार्कटिका । अन्टार्कटिकामा समुद्री हिउँ कीर्तिमानी न्यून स्तरमा पुगेको छ । यो औसतभन्दा १७ प्रतिशत कम हो । अन्टार्कटिकामा स्याटेलाइटबाट अनुगमन सुरु गरिएयता देखि कै यो तल्लो तह हो। विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले अन्टार्कटिकामा जुन महिना अहिलेसम्मकै सबैभन्दा तातो महिना रेकर्ड भएको कुरा पनि जनाएको छ ।
जलवायु परिवर्तनको अनुगमन गर्ने विज्ञहरूले यसलाई चिन्ताको विषय भनेका छन् । विश्व जलवायु अनुसन्धान कार्यक्रमका प्रमुख माइकल स्प्यारोले जेनेभामा पत्रकारहरूलाई भने – हामीले आर्कटिकमा समुद्री बरफमा कमी देखेका छौं तर अन्टार्कटिकामा होइन र यो कमि धेरै ठूलो मात्रामा भएको छ ।
डब्लुएमओका अनुसार मे र जुन महिनामा विश्वभरको समुन्द्री सतहको तापक्रम वर्षकै उच्च स्तरमा पुगेको थियो । विश्व मौसम विज्ञान संगठन भन्छ – अहिले केवल समुद्रको सतहको तापक्रम बढ्दै गएको छैन सम्पूर्ण रूपमा समुन्द्र नै तातो हुँदैछ भने महासागरहरूले यति धेरै ऊर्जा भण्डारण गरिरहेका छन् कि यस्तो तातोपन त्यहाँ आउने सयौं वर्षसम्म कायम रहनेछ ।
एट्लान्टिक महासागरको उत्तरी भागमा अभूतपूर्व रुपमा बढ्दो समुद्री सतहको तापक्रमले खतराको घण्टी बजाएको छ । डब्लुएमओ भन्छ – हालै देखा परेको एल निनोले जमिन र समुन्द्र दुवैको तापक्रम बढाउने सम्भावना छ, जसले भविष्यमा समुद्री तापको लहर र चरम गर्मीको लहरको थप जोखिम बढाउनेछ ।
प्रतिक्रिया