प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ११ जना पक्राउ

झापा । झापा, मोरङ, उदयपुर र धनकुटाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ का २७ बर्षीय तिलकराम खवास, २२ बर्षीय रेशम गौतम र १९ बर्षीय दिपक साहलाई ४ ग्राम ब्राउन सुगर, नगद ९ हजार, डिजिटल मेसिन १ थान र दमक-४ स्थितबाट २९ बर्षीय कुशल राईलाई ७ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
यसै गरी धनकुटाको धनकुटा नगरपालिका-१ हिले बजारबाट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले २८ बर्षीय रुबिन राई र थरजोरपाटी गाउँपालिका-२ का २० बर्षीय मिङमा शेर्पालाई ६ सय ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
मोरङको लेटाङ नगरपालिका-२ बाट २३ बर्षीय थिर बहादुर राउत, २२ बर्षीय एनोष तामाङलाई ४९ मिलिग्राम ब्राउन सुगर र मिग्लाजुङ गाउँपालिका- ३ का २५ बर्षीय दिलिप थापालाई लागुऔषधी स्पास्पेन ३ सय १० चक्की, ट्रामाडोल २ सय चक्की सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ स्थितबाट त्रियुगा नगरपालिका-११ का २१ बर्षीय शिव अधिकारी, २० बर्षीय सिताराम चौधरीलाई डाईजोपाम, फेनारन, प्रिनोर्फिन सहित ६६ एम्पुल प्रतिवन्धित औषधी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया