आदिकवि भानुभक्तको २१०औं जन्मजयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको आज २१०औँ जन्मदिन । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाइँदै छ ।
तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले नेपाली भाषा साहित्यमा मौलिकता थपेका थिए । संस्कृत भाषामा लेखिएको लोकप्रिय ग्रन्थ रामायणलाई नेपाली लोकलयमा उतारे, आम नेपालीको जनजिब्रोमा पुर्याए ।
वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।
प्रतिक्रिया