बिरालोको राजधानीमा तीन लाख बिरालो मरे

पूर्वी भूमध्यसागरको देश साइप्रसलाई बिरालाहरूको टापु पनि भनिन्छ । यो टापुमा लाखौं बिराला छन् । कतिपय घरपालुवा जनावरका रुपमा त कतिपय घरबारविहीन वा छाडा रुपमा । तर सहज स्वभाव का रुपमा घात लगाएर घुर्ने अनि शिकार गर्ने यी बिरालाहरु यतिबेला एउटा महामारीका सामु निस्सहाय भएका छन् । उनीहरूलाई त्यहाँ फेलाइन इन्फेक्सियस पेरिटोनाइटिस (एफआईपी) नामक रोगले मारिरहेको छ । यो नसर्ने रोगले सन् २०२३ को जनवरी यता साइप्रसमा तीन लाख बिराला मारिसकेको छ ।
सन् १९७४ मा ग्रीससँगको विवाद र त्यसपछि टर्कीको सैन्य हस्तक्षेपपछि साइप्रस दुई भागमा विभाजित भयो । हाल त्यहि देसको दक्षिणी भाग साइप्रस र उत्तरी भाग स्वघोषित ओटोम्यान रिपब्लिक नामक स्वतन्त्र देशका रुपमा अस्तित्वमा छन् । यद्यपि बिरालोको यो महामारी दुवैतिर फैलिएको छ। विज्ञहरूका अनुसार साइप्रसमा बिरालाको जनसंख्या मानिसको भन्दा अलि बढी हुन सक्छ । त्यहाँ १० लाखभन्दा बढी बिराला बस्ने अनुमान छ।
दक्षिणी साइप्रसमा लगभग एक तिहाइ बिरालो एफआईपी ( FIP ) बाट प्रभावित छन् । यो रोगको लक्षण ज्वरो, पेट सुन्निने, कमजोरी तथा चिढचिढापन हो ।
प्रचलित कथा अनुसार रोमन सम्राज्ञी हेलेनाले विषाक्त सर्पहरूसँग लडन १,७०० वर्ष पहिले साइप्रसमा बिराला ल्याएकि थिइन् । यद्यपि पुरातत्वविद्हरूले त्यहाँ बिराला तथा मानिसहरू बीच ९,५०० वर्ष पुरानो सम्बन्ध भएको कुरा पत्ता लगाएका छन् । दक्षिणी साइप्रसको एउटा पुरानो गाउँमा उत्खनन गर्दा चिहानमा मानव र बिरालोको जीवाश्म एकसाथ फेला परेको थियो । ती मानिस र बिराला लाई सँगै गाडिएको पुरातत्वविद्हरुको दाबी छ ।
आज पनि साइप्रियटहरूको हृदयमा बिरालाहरूप्रति अगाध माया देखिन्छ। साइप्रस भ्वाइस फर एनिमल्सका उपाध्यक्ष डिनोस अयोमामाटिसका अनुसार राजधानीको एउटा चिहानमा करिब ६० वटा बिराला सँगै बस्छन् । उनी भन्छन् ( अहिलेसम्म सबै राम्रोसँग चलिरहेको छ, तर हामी लाई डर छ ती मध्ये एउटा बिरालो पनि संक्रमित भयो भने सबै प्रभावित हुनेछन्।
घरबारविहीन बिरालाहरूलाई खाना दिने केही मानिसहरूका अनुसार हरेक दिन उनीहरूलाई पर्खने धेरै बिरालाहरू अहिले कतै देखिँदैनन् । बिरालाहरू बिरामी पर्दा आफूलाई अलग राख्छन् र धेरैजसो बिरालाहरू एकान्तमा मर्छन् । यो महामारी छिमेकी देश लेबनान, इजरायल र टर्कीमा पनि पुगेको हुन सक्ने विज्ञहरुले आशंका गरेका छन् तर अहिलेसम्म यस विषयमा कुनै अनुसन्धान भएको छैन ।
महामारीको रोकथामका लागि दुईवटा उपचार विकल्प छन्। एउटा उपाय हो ( मालनुपिराभिर एन्टि कोभिड ट्याब्लेट । अधिकारीहरूले साइप्रसका जनावरहरूमा यो औषधि प्रयोग गर्ने अनुमति नदिइएको बताएका छन् । दोस्रो उपचार न्क्(द्धद्धज्ञछद्दद्ध नामक एन्टिभाइरल ट्याब्लेट हो । रसायनिक संरचनाको हिसाबले यो औषधि मानिसमा कोभिड(१९ नियन्त्रण गर्न प्रयोग हुने रेमडेसिभिर उपचार जस्तै हो । बेलायतमा जनावरहरूलाई यी ट्याब्लेट दिन अनुमोदन गरिएको छ।
साइप्रसमा बिरालोको यस्तो उपचार गर्न लगभग ३,००० देखि ७ , ००० यूरो खर्च हुन सक्छ । त्यहा यो औषधिको आपूर्ति चेन पनि छैन। अहिले धेरै पशु प्रेमीले बिरालाहरूलाई मालानुपिराविर दिन सरकारसँग अनुमति मागेका छन्। मालानुपिराभिरसँग बिरालोको उपचारको लागत लगभग २०० यूरो हुनेछ। साइप्रसको कृषि मन्त्रालयले युरोपेली बजारमा उपलब्ध अन्य विकल्पहरू पनि खोजी भैरहेको जनाएको छ।
साइप्रसका एक बासिन्दाले नाम नखोल्ने सर्तमा आफ्नो पाल्तु बिरालोको ज्यान बचाउन अवैध रुपमा मालानुपिराभिर किनेको बताए । विभिन्न पशु कल्याणकारी संस्थामा आवद्ध ३८ वर्षीय वासिलिकी मणिले यो महामारिका सम्बन्धमा सरकारले तत्काल कदम चाल्नु पर्ने माग गरेकी छिन् । जनवरीमा उनले दुई आवारा बिरालाको उपचार गर्न आफ्नै खल्तीबाट ३,६०० युरो खर्च गरिन । मैले मेरो सबै बचत खर्च गरेकि छु,मणि भन्छिन्( हामी साइप्रसमा जनावरलाई क्रूरतापुर्वक मर्न छोड्न सक्दैनौं ।
यदि एफआईपी फैलिन जारी रहने हो भने साइप्रस मरेका बिरालाहरूको टापु बन्नेछ- उनको चेतावनी छ ।
AFP
प्रतिक्रिया