यदि पर्खने हो भने कहिल्यै सुरु हुनेछैन – इभान तुर्कनेभ

इभान तुर्कनेभ संसार प्रसिद्ध उपन्यासकार हुन् । उनी लघुकथा लेखक, कवि, नाटककार तथा अनुवादक पनि थिए । उनलाई रूसी साहित्यको महान व्यक्तित्व मानिन्छ ।
१ . यदि हामी एक९एक गरेर सबै कुरा तयार हुने क्षणका लागि पर्खिरहेका छौं भने हामीले कहिल्यै सुरु गर्न सक्नेछैनौं ।
२ . खराब मानिसको मन कस्तो हुन्छ मलाई थाहा छैन तर राम्रो मानिसको मन कस्तो हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ ।
३ . हामी फोहरको थुप्रोमा बसेर तारा छुने कुरा गर्छौं ।
४ . ढिलो प्राप्त हुने खुशी भन्दा खराब केहि हुँदैन ।
५ . आफ्ना लागि कुनै इच्छा कुनै आशा छैन तर अरूका लागि मनमा दया छ भने त्यो पूजनीय छ ।
६ . प्रकृति मन्दिर होइन एउटा कार्यशाला हो जहाँ मानिस कामदार हो ।
७ . भोलिु शब्दको आविष्कार केवल अनिर्णयकारी मानिसहरूका लागि भएको हो।
८ . मैले चरित्रबाट सुरुवात गरेको छु, विचारबाट होइन।
९ . भोकले केवल रोग मात्र ल्याउँदैन ।
१० . हिजो जे भयो त्यो सपना थियो । सपना कसले याद गरेर बस्छ र ?
प्रतिक्रिया