मंगलबार, वैशाख ३०, २०८२

साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोज २०८० असार ३० गते २२:४४

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।

१, मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

२,  प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, राष्ट्रिय सम्मानसहित आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

३, ठमेलका नाइट क्लब सञ्चालक र बाउन्सरमाथि कुटपिटमा संलग्न युवराज गुरुङ (सानुभाइ)सहित पाँच जनालाई पक्राउ परेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

४, वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकार ५–५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

५, सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

६, सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने भएकाे छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

७, करिब रु ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

८, आयात र निर्यातबिचको उच्च असन्तुलनका कारण नेपालको वैदेशिक व्यापार निकै नै कमजोर देखिएको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

९, जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

१०, सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया