नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० असार ३१ गते २२:५७
प्रतिनिधिसभाबाट मिटरब्याजी विरुद्धको विधेयक सर्वसम्मतिले पारित ।
पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निगमको निर्णय ।
ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा अदालतबाट धरौटीमा छुटेका केशव तुलाधर पुनः पक्राउ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गरे दुई विधेयक प्रमाणीकरण ।
कर्णाली प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप ।
आइतबार १२ अंकले नेप्से बढ्दा दुई अर्ब ३७ करोडको सेयर किनबेच ।
बंगलादेशविरुद्ध पेनाल्टीमा नेपाललाई सफलता, जित्यो सिरिज ।
राष्ट्रिय भलिबल टोलीको कप्तान हरिहजुर थापा बर्खास्त ।
सम्बन्धित
प्रतिक्रिया