बुधबार, जेठ १, २०८२

फिल्म ‘वगान’ टिमलाई महानगरको जरिवाना

नेपालखोज २०८० साउन २ गते १५:५७

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म ‘वगान’ टिमलाई ५० हजार जरिवाना तिराएको छ ।

प्रचारको लागी नेपाली चलचित्र ‘वगान’को पोष्टर वितरकले जथाभावी फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै महानगरले जरिवाना तिराएको हो ।

फिल्मको वितरक नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

‘दुष्य प्रदूषण र फोहोरमैला गरेको भन्दै जरिवाना तिराएका हौं, महानगरभित्र जथाभावी पोष्टर टाँस्न पाइँदैन,’ पाण्डेले भने ।

प्रतिक्रिया