मिटरब्याज पीडितको माग : गृहमन्त्रीको राजीनामा
नेपालखोज
२०८० साउन २ गते १८:०३

काठमाडौं । मिटरव्याज पीडितहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।
मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नयाँ बानेश्वरमा प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरिसकेको छ । तर संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो ।
संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शन सहित संसद भवन घेराउ गरेका छन् । उनीहरुले नयाँ विधेयक मिटरव्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया