विभिन्न अपराध गरेकाे आराेपमा तीन पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट नक्कली नेपाली तथा भारतीय मुद्रा र नक्कली सुनसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा आरुघाट गाउँपालिका–१० घर भएका ४८ वर्षीय दुर्गा बहादुर खत्री क्षेत्री र भारत देश लखनउ घर भई काठमाडौं महानगरपालिका–१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् ।
काठमाडौं बसुन्धारास्थित ३ नम्बर वडा एरिया अन्तर्गत विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार हुन्छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी नक्कली मुद्रासहित सिंहलाई पक्राउ गरी सिंहलाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं नागार्जुन नगरपालिका–२ सानोभर्या ङस्थित क्षेत्रीको कोठाबाट नक्कली सुन बरामद गरी क्षेत्रीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबाट भारतीय नक्कली नोट जस्तो देखिने २ हजार दरको ४ थान तथा ५ सय दरको ४ थान र नेपाली नक्कली नोट जस्तो देखिने १ हजार दरको नोट ६ थान, एककिलो फाइनगोल्ड लेखिएको सुनजस्तो देखिने धातु २ थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुन जस्तो पहेलो धातु राखिएको प्याकेट २ सय थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुनजस्तो पहेलो धातुको टुक्रा २० थान, टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता १ सय थान, लेमिनेसन मेसिन १ थान, मोटरसाइकल १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर मुद्रा सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमिति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।
किशोरीलाई प्रयोग गरी लागूऔषध कारोबार गर्ने एक जना पक्राउ
१६ वर्षीया किशोरीलाई प्रयोग गरी लागूऔषध कारोबार गरेको अभियोगमा पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ त्रिभुवन बिमानस्थल कार्गो कम्प्लेक्सबाट अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको अवैध लागूऔषध गाँजा २ किलोग्राम लिन गएकी १६ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा ती किशोरीलाई साहले परिचालन गरी लागूऔषधको कारोबार गरेको खुल्न आएपछि साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका साह उपर जिल्ला अदालत काठमाडौंबाट म्याद लिई लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।
मृत अवस्थामा फेला
भक्तपुर, चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ४२ केशब सुकुमनी आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । कैलालीको जानकी गाउँपालिका–६ धर्मपुर बस्ने ३५ वर्षीय पतिराम चौधरी आफ्नै घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैराचोकस्थित चौरमा जलेश्वर नगरपालिका–६ साउजीपट्टी बस्ने ४० वर्षीय राम श्रेष्ठ मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहाको लहान नगरपालिका–१० गुदीगाउँस्थित राजदेवी मन्दिर जाने बाटो छेउमा लहान नगरपालिका–१४ बस्तिपुर बस्ने उदयपुर नेपालचार गाउँपालिका–६ घर भएका ६८ वर्षीय गंग बहादुर नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् । बाजुराको बुढिनन्दा नगरपालिका–७ खड्काबाडा घर भई बुढिनन्दा नगरपालिका–२ कोल्टिस्थित सोही नगरपालिकाको कृषि शाखा प्रमुखको रुपमा कार्यरत ५५ वर्षीय जयलाल दानी आफ्नै कार्यालयको निवासमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ गोठदमार सल्लाघारीस्थित जंगलमा हाल नाम, थर, वतन, नखुलेका मानिसको शव सडीगलेको अवस्थामा मंगलबार फेला परेको छ । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया