धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध
नेपालखोज
२०८० साउन ३ गते १३:३५

मलेखु । जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध भएको छ ।
नीलकण्ठ नगरपालिका–८स्थित च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो १२ः३० बजेखदेखि सडकको दुबैतर्फ अवरुद्ध बनाएको हो ।
अहिले त्यस क्षेत्रमा सवारीसाधनको आवागमन पूर्णरूपले ठप्प भएको छ । घुम्ती कटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर खसेको स्थानीयवासीले बताएका छन् ।
पहिरोले ठूल्ठूला ढुङ्गा र रुखसमेत खसालेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेको ठाउँ उकालो र साँघु घुम्तीसँगै भएकोले जोखिम बढेको छ ।
सम्बन्धित
प्रतिक्रिया