बालबालिकालाई दण्डसजाय नदिइ अनुशासित बनाउने उपाय

दण्डसजाय दिइनाले बालबालिका र अभिभावकको सम्बन्धमा नकारात्मक असर पर्दछ । हामीलाई थाहा भएकै कुरा हो, जुन व्यक्तिसँग हाम्रो राम्रो सम्बन्ध छ, हामीले ती व्यक्तिबाट सहयोग प्राप्त गर्दछौं ।
त्यसै गरी बालबालिकासँग पनि सकारात्मक सम्बन्ध कायम गर्न सकेमा बालबालिकाले अभिभावकको सुझाव तथा आग्रहलाई पालना गर्दछन् र अनुशासन कायम गर्न झन् मद्दत पुग्दछ ।
दण्दसजाय नदिई सकारात्मक तरिकाले बालबालिकालाई दीर्घकालीन रूपका स्व-अनुशासनको क्षमताको विकास गराउन सकिन्छ ।
स्व-अनुशासन कायम भएमा बालबालिका अरूको निगरानी नभएको बेलामा पनि अनुशासित हुन्छन् । यसबाट बालबालिकाले जीवनोपयोगी सीप सक्निे अवसर प्राप्त गर्दछन् र बालबालिकाले पनि अरूको सम्मान गर्न सिक्दछन् । सकारात्मक अनुशासनले बालबालिकासँग सम्मान जनक सम्बन्धको निर्माण हुन्छ ।
दण्डसजाय नदिई बालबालिकालाई कसरी अनुशासित हुन सिकाउन सकिन्छ त ?
वास्तविक अनुशासन (स्व: अनुशासन) हिंसा प्रयोग नगरी मात्र कायम गर्न सकिन्छ। बालबालिकाको उमेर र परिस्थिति अनुसार सकारात्मक अनुशासनका फरक फरक माध्यमहरू हुन्छन् । सामान्यतयास् सकारात्मक अनुशासन कायम राख्नको लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ:
- तत्कालको लागि आफ्नो सजिलो नसोचेर बालबालिकाले के सिक्नु पर्दछ, उनीहरूको कस्तो व्यवहार हुन पर्दछ र के गर्दा उनीहरूलाई राम्रो हुन्छ भनी विचार गर्नु पर्दछ ।
- बालबालिकाले के गर्नु हुने वा नहुने बारेमा प्रस्ट जानकारी दिनु पर्दछ र किन त्यस्तो गर्न हुन्छ वा हुँदैन भनी बालबालिकाले बुझ्ने भाषामा बताउनु पर्दछ। बालबालिकाबाट अभिभावकले कस्तो व्यवहारको अपेक्षा गरेको हो स्पष्ट जानकारी दनिु पर्दछ। अभिभावकको व्यवहारले बालबालिकाको सिक्ने प्रक्रिया र समस्या समाधान गर्न सक्ने सीप विकासमा सहयोग पुर्याउनु पर्दछ। आफ्नो व्यवहारको परिणाम के हुन सक्छ भनी बालबालिकालाई आफैं सोच्न प्रेरित गर्नु पर्दछ ।
- बालबालिकाले जे जस्तो व्यवहार गरे पनि निशर्त स्नेह व्यक्त गर्नु पर्दछ र बालबालिकाको भावनालाई सम्मान गर्नु पर्दछ । यस्तो व्यवहार गर्नाले बालबालिकाले सधैं अभिभावकलाई आफ्नो नजिक ठान्छन् र बालबालिकासँगको सम्बन्ध सुमधुर हुन्छ ।
- कुन उमेर समूहका बालबालिकाले कसरी सोच्छन्, कस्तो व्यवहार गर्छन्, उनीहरूको आवश्यकता के हो भनी जान्नु आवश्यक हुन्छ र त्यस्तो आवश्यकता प्रति संवेदनशीलता प्रकट गर्नु पर्दछ ।
दण्डसजायले झन् हानी गर्छ त भनियो, तर रिस उठेको बेला, थकाई लागेको बेला, हतार भएको बेला सकारात्मक अनुशासन कहाँ सम्भव छ र ?
यदि तपाइलाई समस्या परेको छ, रिस उठेको छ वा हतार भएको छ र बालबालिकालाई गाली गर्ने वा पिट्ने सोच आएको छ भने याद गर्नुहोस् त्यो बेला बालबालिकालाई महत्त्वपूर्ण सीप सिकाउने अवसर पनि हो ।
बालबालिकाले कुनै दिन त्यस्तै अवस्थाको सामना गर्नु परेमा उनीहरूले पनि हिंसा गरुन् भन्ने चाहनु हुन्छ वा संयमित भएर व्यवहार गरुन् भन्ने चाहनु हुन्छरु बालबालिकाले अभिभावकको व्यवहारबाटनै सिक्ने भएको हुनाले जति सुकै प्रतिकूल अवस्थामा पनि संयमित भएर व्यवहार गरिएको खण्डमा बालबालिकाले पनि त्यस्तो अवस्थाको सामना गर्न सिक्नेछन् ।
अभिभावकको जे जस्तो समस्या भए पनि त्यस्ता समस्याको रिस बालबालिका उपर पोख्नु कदापि न्यायोचित हुँदैन । संसारको सबै समस्या समाधान नहुँदा सम्म बालबालिकाले हिंसा सहेर बस्नु पर्ने होइन ।
प्रतिक्रिया