बुधबार, जेठ १, २०८२

कसरी गर्ने डेंगु नियन्त्रण

नेपालखोज २०८० साउन ५ गते ५:३५

डेंगु रोग डेंगु भाइरसबाट संक्रमित एन्ड्रिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्छ ।

थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेलले फुल पार्छ र यसको वृद्धि विकास हुन्छ ।

डेंगीका मूख्य लक्षण :

उच्च ज्वरो आउनु
जोर्नि र मांसपेशी बेस्सरी दुख्नु

बेस्सरी टाउको दुख्नु

शरीरमा राता बिमिरा आउनु

वाकवाकि लाग्नु वा बान्ता हुनु

आँखाको गेडि दुख्नु

डेंगीका लक्षणहरू देखिए के गर्ने रु

स्वास्थ्य संस्थामा गै चिकित्सक वा स्वास्थकर्मिको सल्लाह लिने ।

घरमै बसेर उपचार गर्ने सल्लाह दिए ज्वरो घटाउने र जीउ दुखेको कम गर्ने प्यारासिटामोल बाहेक बुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने।

अस्पताल भर्ना हुन सल्लाह दिए भर्ना हुने

(चिकित्सकको सल्लाह नलिई कुनै पनि ओैषधि सेवन नगर्ने)

लामखुट्टेले फुल पार्न सक्ने संभावित घर भित्र र वरपरका पानी जमेको ठाँउ र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौ ।

प्रतिक्रिया