जुलाई – २०२३ विश्वको सबैभन्दा तातो महिना

यो महिनाले पहिले नै कैयौं कीर्तिमान तोडिइसकेका छन् । अब नासाले पनि आउने जुलाई महिना मौसमको रेकर्ड राख्न सुरु गरिएयता कै सबैभन्दा तातो महिना हुने बताएको छ ।बढ्दो तापक्रमको असर युरोपदेखि एसिया, अफ्रिका र अमेरिकासम्म प्रष्ट देखिन्छ ।
जलवायु परिवर्तनको डरलाग्दो असर जनजिवनमा समेत देखिन थालेको छ । अत्यधिक गर्मी, बाढी, बेमौसमी वर्षाजस्ता घटना विश्वभर सामान्य भैसकेका छन् । नासाका मौसमविद् गेभिन स्मिथले आउने जुलाई ( २०२३ सयौं ( हजारौं वर्षमा संसारको सबैभन्दा तातो महिना हुने बताएका छन् ।
दिनानुदिन कीर्तिमानहरु भत्किइरहेका छन् ?
यो महिना पहिले नै धेरै दैनिक रेकर्ड तोडिएको छ। युरोपियन युनियन तथा युनिभर्सिटी अफ मेनद्वारा सञ्चालित स्याटेलाइटहरूका डाटासँग मोडलहरू लिङ्क गर्ने उपकरणका अनुसार त्यस्ता धेरै दैनिक रेकर्डहरू भत्किएका छन्। जे होस् केहि डाटा एकअर्का भन्दा फरक भए पनि प्रचण्ड गर्मीको स्थिति स्पष्ट छ । यो तथ्याङ्क छिट्टै अमेरिकी एजेन्सीहरूको मासिक रिपोर्टमा सार्वजनिक गरिनेछ ।
हामी विश्वभर अभूतपूर्व परिवर्तनहरू देखिरहेका छौं । हामीले अमेरिका, युरोप र चीनमा देखिरहेको गर्मीले धेरै रेकर्डहरू तोड्दैछ ( स्मिथले पत्रकारहरूसँग नासाको ब्रीफिङमा भने।
एल निनोको प्रभाव
अहिलेको गर्मिका लागि एल निनोको प्रभाव लाई मात्र दोष दिन सकिँदैन । एल निनो त वास्तवमा भर्खरै आइपुगेको हो । यद्यपि एल निनोले पनि सानो /तिनो भूमिका पक्कै छ । हामीले के देखिरहेका छौं भने लगभग जताततै विशेष गरी महासागरहरूमा तापक्रम बढिरहेको छ। हामीले धेरै महिनादेखि समुद्री सतहको तापक्रमले रेकर्ड तोडिरहेको देखिरहेका छौं । यो आगामी दिनमा पनि जारी रहने अपेक्षा गरिएको छ । यसको कारण वातावरणमा हरितगृह ग्यासहरूको निरन्तर वृद्धि नै हो ।
अहिलेको अवस्था हेर्दा सन् २०२३ रेकर्डमा सबैभन्दा तातो वर्ष हुने सम्भावना बढ्दै गएको छ । यद्यपि हामी अनुमान गर्छौं २०२४ अझ तातो वर्ष हुनेछ । यो वर्षको अन्त्यसम्ममा यस वर्ष सुरु भएको एल निनोका साथ,ू स्मिथले भने । बढ्दो तापक्रमको असर युरोपदेखि एसिया, अफ्रिका र अमेरिकासम्म प्रष्ट देखिन्छ । कतै खडेरी, कतै बाढी त कतै भारी वर्षा ।
युरोपका धेरै क्षेत्रमा कीर्तिमानी रुपमा तापक्रम बढेको छ भने अमेरिकाको पनि उस्तै अवस्था छ । चीनमा पनि कतिपय ठाउँको तापक्रमले विगतका सबै रेकर्ड तोडेको छ । यस क्रममा धेरै देशका सरकारले गर्मीको खतरा सम्बन्धि चेतावनी जारी गर्नुपरेको छ।
AFP
प्रतिक्रिया