साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।
१, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
२, राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
३, पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
४, सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
५, सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
६, महामन्त्री गगन थापाले पार्टीका समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयमा प्रस्ताव पेश गरेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
७, जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय सदस्यका लागि आवेदन माग गरेका छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
९, चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९–०८० मा सार्वजनिक प्रदर्शनमा आएका ५७ स्वदेशी र ७८ विदेशी फिल्मको बक्स अफिस कमाइ सार्वजनिक गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
१०, विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया