पटक पटक नेतृत्व त्याग गरेका खरेल कोर्दै छन् एनआरएनए अष्ट्रेलियाको भविष्य

काठमाडौं । सन् २००६ देखि गैर आवासीय नेपाली (एनआरएन) अभियानमा अनवरत आबद्ध युवा डिला खरेल समुदायको लागि सधैं दिने तर कहिल्यै पद नखोज्ने एक समाजसेवी हुन् । एनआरएन अभियानलाई बलियो बनाउन उनले सधैं निस्वार्थरुपले काम गर्दै आएका छन् ।
उनी सन् २०१५ मा एनआरएनए अस्ट्रेलियालाई अष्टेलियन सेक्युरिटी एन्ड इन्भेस्टमेन्ट कमिस (एसआईसी) मा दर्ता गरी फेडरल इंटिटीको निर्माण गर्ने प्रमुख व्यक्ति पनि हुन् । उनले २०१३–१५ कार्यकालमा विद्यार्थीहरूका लागी विद्यार्थी सहयोगी पुस्तिका प्रकाशन गरेका थिए ।
उनले युवाहरूको रोजगारी तथा व्यक्तित्व विकासका लागी विभिन्न तालिम,सेमिनार र प्रशिक्षण आयोजना गरी निरन्तर काम गरेका थिए । उनकै अगुवाइमा व्यवसायीहरूका लागी सन् २०१५ मा उद्यमी सम्मेलनको सुरुवात गरिएको थियो जुन अहिले पनि निरन्तर छ । त्यस्तै उनकै पहलमा नेपालमा पर्यटन प्रवर्द्धनका लागि अस्ट्रेलियाका हरेक सहरमा नेपाली झन्डा फहराउने कामको सुरुवात गरिएको थियो ।
यसै गरी उनकै सक्रियतामा नेपाल हाउस प्रदर्शनी केन्द्र मार्फत मौलिक नेपाली भाषा, संस्कृति, कला तथा भेष भूषाको प्रदर्शनीको प्रारम्भ सन् २०१२ मा सिडनी नेपाल फेस्टिभलबाट गरिएको थियो । उनले वैदेशिक लगानी कम्पनी, एनआरएनए अस्ट्रेलिया हाइड्रो, मार्फत नेपालको जलश्रोत क्षेत्रमा लगानीको लागि सहजकर्ताको भूमिका पनि निर्वाह गरेका थिए ।
उक्त कम्पनीले नेपालमा ४ करोड ३२ लाख लगानी गरिसकेको छ । उनी एनआरएनए अस्ट्रेलिया र केन्द्रका विविध कार्यक्रम र अभियानहरूका सहयोगी, सहजकर्ता एवं स्पन्सर पनि हुन् ।
उनले २०१९–२१ मा एनआरएनए आइसिसीको ट्रेड, इन्भेस्टमेन्ट, उद्यमशीलता कमिटी तथा टास्कफोर्समा उपसंयोजकका रूपमा काम गरे ।
अस्ट्रेलियास्थित नेपाली युवा, विद्यार्थी लगायत सम्पूर्ण नेपाली समुदायको सेवाका लागि मेरो उम्मेदवारी हो । साथै, हामीले प्रवासमा आर्जन गरेको सीप, श्रोत र अनुभव नेपाल र नेपालीको हितमा उपयोग गर्नका लागि पनि म प्रतिबद्ध छु,’ खरेलले भने ।
प्रतिक्रिया