शुक्रबार, जेठ ३, २०८२

चोरी निकासीको सुर्तीजन्य सामान बरामद

नेपालखोज २०८० साउन ९ गते १४:३४

काठमाडौं । ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ चारमाईल स्थित सीमा ईलाकाबाट साउन ८ गते सशस्त्र प्रहरीले करीव ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर ईलामले बरामद गरेको हो ।

सामान लैजाँदै गरेका व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा सामान छाडी फरार भएका थिए । बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।

प्रतिक्रिया