शुक्रबार, जेठ ३, २०८२

भारतले अब नेपालीलाई सेनामा भर्ना नगर्ने ?

नेपालखोज २०८० साउन ९ गते १८:०८

काठमाडौं । भारतीय सेनाले अग्निवीर योजनामा ​​नेपालीहरुको भर्तीमा रोक लगाएको कुरा भारतिय समाचार एजेन्सी भाषाले जनाएको छ । भारतले अहिलेसम्म आफ्नो सेनामा नेपालीहरुलाइ भर्ती गर्दै आएको छ ।

यो पुरानो र बलियो भारत-नेपाल सम्बन्धको साक्षी पनि हो । तर अब अग्निपथ योजनाअन्तर्गत भारतीय सेनामा नेपालीलाई भर्ना गरिने छैन । भारतले आधिकारिक रुपमा यो निर्णयको खास कारण भने खुलाएको छैन ।

यो निर्णयपछि भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले अग्निपथ योजनाअन्तर्गत भारतीय सेनामा नेपालबाट गोर्खा भर्ना गर्ने काम ‘रोकिएको’ तर अझै यसको अन्तिम टुंगो नलागेको बताए ।

दिल्लीमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै शर्माले अहिले दुई देशका सरकारबीच यस विषयमा ‘गम्भीर संवाद’ नभएको बताए । उनले यो मामिलामा मुद्दा बन्द भएको आफुलाइ नलागेको पनि बताएका छन् ।

भारतले भारतिय सेनामा भर्ति हुन अग्निपथ प्रणाली विकास गरेको छ र नेपालबाट भर्तीका लागि सोही प्रणाली प्रयोग गर्न चाहन्छ। यसमा नेपालको धारणा अर्कै छ । नेपाल पुरानो व्यवस्था चाहन्छ ।

राजदुत शर्मा भन्छन् – मुद्दा यति मात्र मुद्दा हो । उनले भने, ‘अहिलेसम्म भारतिय सेनामा नेपालीहरुको भर्ति बन्द भएको छैन तर मैले दुई देशबीच कुनै गम्भीर वार्ता भएको देखेको छैन त्यसैले म रोकिएको मात्रै भन्छु।’

भारतीय सेनामा छुट्टै गोर्खा रेजिमेन्ट छ । यो अहिले सम्मको पुरानो भारत-नेपाल सम्बन्ध र विश्वासको प्रतीक पनि हो। तर अहिले भारतले अग्निवीर योजनामा ​​नेपाली भर्ना बन्द गरेको छ । यद्यपि भारतको अहिलेको निर्णयका पछाडि नेपालका विगतका केही गतिविधि र चीनप्रतिको झुकाव भएको भारतिय अनलाइनहरुले लेखेका छन् ।

विगत केही वर्षदेखि नेपालसँगको सम्बन्धमा आएको उतारचढावलाई मध्यनजर गर्दै भारतले यो ठूलो निर्णय गरेको भारतिय समाचारहरुमा बताइएको छ । यद्यपि नेपालले भारतको अग्निवीर योजना प्रती असहमति जनाउँदै यसमा नेपालीहरुलाइ सामेल नगराउने नीति पहिले नै लिएको हो ।

प्रतिक्रिया