दोषीमाथि हदैसम्मको कारबाहीको माग
नेपालखोज
२०८० साउन १४ गते १७:३३

काठमाडौं । दलित समुदायका अगुवाले बझाङमा भएको घटनाप्रति दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत उनले वित्थडचीर गाउँपालिका वडा नं ७ स्यालढुङ्गाको बाहुनबस्ती नजिकै पुड्के ओखडाले बनाउँदै गरेको घर केही समूहले भत्काएको र उक्त घटनामा संलग्नलाई कारबाहीको माग गरिएको हो ।
गत साउन १० गते स्थानीय कृष्ण जोशी, भवानी जोशी, कित्थे जोशीलगायत ४० भन्दा बढी गैरदलित बाहुन समुदायले बाहुनको घरमाथि दलितले घर बनाउन नमिल्ने भन्दै निर्माणाधीन घर भत्काइ दिएका थिए ।
जातीय भेदभावजन्य गालीगलौज, कुटपिट र निर्माणाधीन घर भत्काउँदै उनीहरुले १२ लाख बराबरको चल-अचल सम्पत्ति नष्ट गरिदिएको दलित अगुवाको दाबी छ ।
सम्बन्धित
प्रतिक्रिया