स्याङजामा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाईते
नेपालखोज
२०८० साउन २० गते ७:३७

स्याङजा । स्याङजाको भिरकोट नगरपालिका-६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा शुक्रवार साँझ करिब ७ बजे बलोरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई सडकमै पल्टिंदा जिपमा सवार चालकसहित १२ जना घाइते भएका हुन् ।
घाइतेहरुको गण्डकी अस्पताल पोखरा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिए । खनालका अनुसार अन्य केही घाइतेको कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया