आइतबार, जेठ ५, २०८२

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८० साउन २१ गते १५:२६

कञ्चनपुर । आफ्नै श्रीमती २२ वर्षीया द्रोपती बुढा क्षेत्रीलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा चाँदनी नगरपालिका–७ कंचभोज बस्ने ३४ वर्षीय प्रेम बहादुर बुढा क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

चक्कु प्रहारबाट द्रोपती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै घाइते द्रोपतीको दोधरा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया