रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न थप दुई जना पक्राउ
नेपालखोज
२०८० साउन २१ गते १५:५२

सुनसरी । ईटहरी उपमहानगरपालिका–२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनामा संलग्न धरान उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राईलाई शनिबार उनकै घरबाट ८ राउण्ड गोलीसहित र ईटहरी उपमहानगरपालिका–४ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका २९ वर्षीय सुजन तामाङलाई मोरङ बिराटनगर महानगरपालिका–११ स्थित महेन्द्रचोकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो
उनीहरू उपर ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भइरहेको छ । यसअघि सोही घटनामा संलग्न २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया