एसिया कप क्रिकेट : आसिफको अर्धशतक
नेपालखोज
२०८० भदौ १८ गते १७:१८

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् ।
टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २९दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै १३४ रनको योगफल बनाउँदै खेलिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया