आइतबार, जेठ ५, २०८२

एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया ६६ रनले विजयी

नेपालखोज २०८० असोज ११ गते ६:५९

काठमाडाैं । भारतविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया ६६ रनले विजयी भएको छ । योसँगै ३ खेलको सिरिजमा अस्ट्रेलिया क्लिनस्वीप हुनबाट जोगिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो । जवाफमा भारतले निर्धारित ५० ओभरमा २८६ रन मात्रै बनाउन सक्यो । भारतले एकदिवसीय सिरिज २–१ ले जितेको छ ।

त्यसपछि ठूलो स्कोर बनाउन स्मिथले मार्ससँग मिलेर इनिङ्सलाई अघि बढाए । दुवैले दोस्रो विकेटका लागि ११९ बलमा १३७ रनको साझेदारी गरे ।

त्यसपछि सिराजले स्मिथलाई एलबीडब्ल्यू आउट गरेका थिए । उनले आफ्नो पारीमा ६१ बलको सामना गर्दै आठ चौका र एक छक्का प्रहार गरे। बुमराहको स्लो बलमा कभरमा उभिरहेका विराट कोहलीलाई एलेक्स केरी ९११० ले सजिलो क्याच दिए।

बुमराहले ग्लेन म्याक्सवेल ९०५० लाई बोल्ड गरे भने कुलदीपले क्यामरन ग्रीन ९०९० लाई लङ अनमा क्याच ल्याए। लाबुस्चेन र प्याट कमिन्स ९अनटआउट १९० ले ४६ रन जोडेर अष्ट्रेलियालाई भारतविरुद्ध चौथो उच्च स्कोरमा पुर्याए। जवाफमा भारतका कप्तान रोहित शर्मा र विराट कोहलीले अर्धशतकीय पारि खेले ।

रोहित ८१ रनमा आउट हुँदा कोहली ५६ रनमा आउट भए । श्रीयस अय्यरले ४८ रन बनाए । रविन्द्र जडेजाले ३५ रन बनाए । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले २ विकेट लिए ।

प्रतिक्रिया