घट्यो सुनको मूल्य
नेपालखोज
२०८० असोज १२ गते ११:३२

काठमाडौं । यो साता सुनको मूल्य निरन्तर ओरालो लागेको छ । गत असोज ७ गते प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया