एसियाडको महिला भलिबलमा नेपालको लगातार दोस्रो हार
नेपालखोज
२०८० असोज १५ गते १२:१४

हान्झाउ । नेपाली महिला भलिबल टोलीले चीनको हान्झाउमा जारी १९ औं एसियाडमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
सोमबार भएको समूह सी अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको छ ।
नेपाल दक्षिण कोरियासँग २५-२१, २५-१४, २५-११ ले पराजित भएको हो ।
दुबै खेलमा पराजित भएपछि नेपाल समूह चरणबाट अघि बढ्न सकेन ।
सम्बन्धित
प्रतिक्रिया