आइतबार, जेठ ५, २०८२

१९औं एसियाली खेलकुद : महिला भलिबलमा मंगोलियामाथि नेपालकाे जित

नेपालखोज २०८० असोज २० गते ११:३८

काठमाडाैं । १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल ११औं स्थानमा रहेर प्रतियोगिता टुंग्याउन सफल भएको छ । आज बिहान भएको खेलमा नेपालले मंगोलियामाथि ३–२ को सेटमा जित निकाल्दै ११ औं स्थान पक्का गरेको हो ।

पहिलो सेट १७–२५ ले मंगोलियालाई सुम्पिएको नेपालले दोस्रो र तेस्रो सेट लगातार जित निकालको थियो । नेपालले दोस्रो सेट २५–१८ ले जित्दा तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै २–१ को अग्रता लियो ।

चौथो सेटमा लय गुमाउँदा नेपालले १८–२५ ले मंगोलियालाई सुम्पिए पछि पाँचौं सेटमा खेल पुग्यो । जसमा नेपालले १५–१२ ले जित निकालेको हो ।

प्रतिक्रिया