आइतबार, जेठ ५, २०८२

बंगलादेशसँग अफगानिस्तान १५६ रनमा अलआउट

नेपालखोज २०८० असोज २० गते १४:३४

काठमाडौं । भारतमा चलिरहेको विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई १५६ रनमा अलआउट गरेको छ ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको हो ।

मध्यक्रम र पुछारका ब्याटर बंगलादेशी बलरसामु टिक्न नसक्दा अफगानिस्तानले ४४ रन जोड्दा ८ विकेट गुमाएयो ।

अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । अर्का ओपनर इब्राहिम जरदान र अजमातुल्लाह ओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाह शहिदी समान १८ रनमा आउट भए ।

प्रतिक्रिया