काभा पुरुष भलिबल : अफगानिस्तानसँग खेल्दै नेपाल
नेपालखोज
२०८० असोज २४ गते ६:३०

काठमाडाैं । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा बलियो अफगानिस्तानको सामना गर्दैछ । नेपाल र अफगानिस्तानबीचको आज दिउँसो नेपाली १ः४५ बजे सुरु हुने छ ।
नेपालले यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा हार बहोरेको छ । दोस्रो खेलमाआयोजक श्रीलंकासँग मंगलबार ३–० ले पराजित भएको नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको थियो ।
अफगानिस्तानले भने पहिलो खेलमा उज्वेकिस्तान र बंगलादेशलाई हराएको थियो । आयोजक श्रीलंकाले पनि दुवै खेल जितेको छ । उज्वेकिस्तानले १ खेल जितेको छ । बंगलादेश र साउदी अरेबियाले भने दुबै खेल गुमाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया