लाओससँग खेल्दै नेपाल
नेपालखोज
२०८० असोज २४ गते १२:३२

काठमाडौं । नेपालले भोलि लोओसविरुद्ध खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक र कप्तान दुबैले बताएका छन् ।
नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले यो खेल आफ्ना लागि पनि अवसर भएको बताए । उनले अघि भने, ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शत प्रतिशत दिने प्रयास गरेको छु ।’
टिममा रहेका नयाँ र उर्जावान युवाहरुले आफ्नो शैलीमा धेरै हदसम्म निपूर्ण भइसकेको भन्दै उनले भने, ‘अहिले धेरै भन्न चाहन्न, भोलि देखाउँछु ।’
राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले यो पटक लामो तयारी गरेको बताए ।
सम्बन्धित
प्रतिक्रिया