लाओसविरुद्ध खेल्दै नेपाल, कप्तान चेम्जोङ भन्छन्- जित हासिल गर्नेछाैं

काठमाडौं । विश्वकप फुटबलको एसिया छनोटमा नेपालले आज दोस्रो लेगको खेलमा लाओसविरुद्ध खेल्दैछ । लाओसको राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । खेलको ९० मिनेट सम्ममा कुनै टोलि विजयी भए स्वतः अगाडि बढ्ने छ ।
त्यस्तै, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगको अघिल्लो दिन सोमबार पत्रकार सम्मेलनमा उनले नेपालले मंगलबार हुने खेल जित हासिल गर्ने लक्ष्य राखेको बताएका छन् ।
‘पछिल्लो खेल निकै निराशाजनक रह्यो। हामीले पहिलो हाफमा धेरै स साना गल्ती गर्यौं, हामीले त्यसमा काम गरेका छौं’, किरणले भने,’ हामीले राम्रो तयारी गरेका छौं र अगाडि बढ्नको लागि जित हासिल गर्ने लक्ष्य राखेका छौं।’
मंगलबारको खेल नेपालका लागि निकै महत्वपुर्ण खेल हो । विश्वकप छनोट चार वर्षमा एक पटक खेलिने गर्छ । छनोटमा जति अगाडि बढ्न सक्यो, त्यति नै राष्ट्रिय फुटबलमा सुधारको सम्भवना रहन्छ । नेपालले पछिल्लो पटक विश्व कप छनोटको तेस्रो चरणसम्म खेलेको थियो ।
अस्ट्रेलिया, जोर्डन जस्तै बलियो प्रतिद्वन्दी हरु संग प्रतिस्पर्धा गरेको थियो । मंगलबार जित्न नसकेमा नेपाली फुटबल टोलीले बलियो प्रतिद्वन्दी संग प्रतिस्पर्धा गर्न चार वर्ष कुर्नु पर्ने हुन्छ । कप्तान किरणले दशैंको मौकामा नेपाली समर्थकहरुलाई सकारात्मक नतिजा दिन चाहेको बताएका छन् ।
प्रतिक्रिया