साउदीविरुद्ध अर्जुन कुमालको आक्रामक ब्याटिङ, १४२ रनमा आउट
नेपालखोज
२०८० कार्तिक २ गते १०:१५

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालका अर्जुन कुमालले शानदार शतक प्रहार गरेका छन् ।
मलेसियाको युगसडी युकेएम ओभलमा जारी समूह चरणको अन्तिम खेलमा साउदीविरुद्ध ब्याटिङ गरेका अर्जुनले शानदार शतक प्रहार गरे ।
आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया