एसीसी यू-१९ प्रिमियर कप : सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने
नेपालखोज
२०८० कार्तिक ३ गते १७:३१

काठमाडाैं । नेपालले एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा जापानसँग खेल्ने भएको छ । नेपाल समूह ए र जापना समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्न लागेका हुन् । नेपाल र जापानबीचको सेमिफाइनल खेल शनिबार हुनेछ ।
जापानाले हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५७ रन, इन्डोनएसियालाई ९ विकेट र मलेसियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ६ रनले हराएको थियो । नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय १ रनले हराएको थियो ।
दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेता युएई र समूह सी को विजेता सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल शनिबार हुनेछ ।
फाइनल मंगलबार हुनेछ । फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरि तीन टोली आगमी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।
सम्बन्धित
प्रतिक्रिया